असौज ५
रुरु क्षेत्र गाउँ पालिका वार्ड न १ रिडि बजारमा बसोबास गर्दै आउनु भएका ७५ बर्षका जेष्ठ नागरिक लाई कोरना संक्रमण पुष्टि भएको रुरु प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डा. सुबोध ज्ञवालीले जानकारी दिनुभयो । हिजो राती अचनाक रुपमा उनको स्वास्थमा समस्या देखिए पछी प्राथमिक स्वास्थ केन्द्रमा उपचारका लागि लगियको थियो । त्यसपछी उनलाई अञ्चल अस्पताल पठाइयको रुरु क्षेत्र गाउँ पालिका वार्ड न १ का वार्ड अध्यक्ष रामलाल बिकले जानकरी गरानुभयो । उनी घरमै रहेको बेला यस्तो अबस्था देखिए पछी रिडि बासिमा त्रास फैलिएको छ । अति आवश्यक बाहेक अन्य काममा बाहिर हिड्डुल नगर्न र बजारका उनका आस पासका केही पसलहरु समेत बन्द गरिएको अध्यक्ष बिकले बताउनुभएको छ ।