चुरामणि तिमिल्सीना
पाल्पा /असोज १२ -पाल्पामा भैंसी गोठ मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ डबकामा भैंसी गोठ मर्मत गर्ने क्रममा च्यापिएर सोमबार दिउँसो एक जनाको घटना स्थलमा नै मृत्यु भएको हो । एक जना घाइते भएका छन । मृत्यु हुनेमा पाल्पा रिब्दिकोट गाउँपालिका वार्ड न ७ का अन्दाजी ५५ बर्षका हरि बहादुर लम्तरी रहेको प्रहरी चौकी मुजुङले जानकारी दिएको छ । यस्तै सोहि गाउपालिका वडा नम्बर ८ फेकका अमर बहादुर पेग्ने घाइते भएका छन । उनलाइ उपचारको लागि पाल्पा मिसन हस्पिटल पठाइएको वडा नम्बर ८ का वार्ड अध्यक्ष नारायण बहादुर लाम्टाङगेले जानकारी दिनुभयो। गोठ भत्किदा १ भैंसी र १ बाख्रा समेत पुरिएको परिवारले बताएको छ । मृतकको सबलाई पोस्टमाटमको लागि जिल्ला प्रहरी कार्यलय पाल्पाको टोलि घटना स्थलमा पुगिसकेको र जिल्ला अस्पताल तानसेन लैजाने तयारी भइरहेको अध्यक्ष लाम्टाङगेले जानकारी दिनुभयो ।