काठमाडौ / असोज १३
आजदेखि ‘हातको सरसफाइ सबैका लागि साबुन पानी हात, सधै साथसाथै’ नाराका साथ हात धुने अभियान एक महिना अभियान चल्ने भएको छ । नेपाललाई सन् २०३० भित्र पूर्ण सरसफाइयुक्त राष्ट्र बनाउने अभियान चलिरहेको छ । यसैबिच आज नेपाललाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा भएको एक वर्ष पुगेको छ ।अघिल्लो वर्ष आजकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा गर्नु भएको थियो । २०६८ साल असारमा पहिलो पटक कास्कीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।