चुरामणी तिमिल्सिना / असोज १३
पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ कुसेनिमा थप एक हप्ताको लागि शिल गरिएको छ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १ मा शिल अवधी बढाइए संगै पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ मा पर्ने कुसेनीमा साविकको ऋिषकेशका वडा नम्बर ९ र ४ पनि शिल अवधि थपिएको हो। कोरोना संक्रमणका कारण कुसेनिकी एक जना महिलाको मृत्यु भए संगै संक्रमणको जोखिम न्यूनीकरणको असोज ६ गते देखि शिल गरिएको थियो। कोरोना संक्रमणको जोखिम कायमै रहेकोले सो क्षेत्र शिल गर्नु परेको वडा अध्यक्ष कमल रानाले बताउनु भयो । रिडि बजार , कुसेनि र ऋिषिकेश सिमा क्षेत्रमा भएकोले शिल अवधि असोज १८ सम्म लम्बाइएको वडा नम्बर १४ का स्थानीय समाजसेवी शंकर प्रसाद भट्टराईले जानकारी दिनुभयो । यो शिल अवधिभर छरछिमेकमा हिडडुल गर्न, भेला हुन , बालुवा लोड गर्न, सामुहिक रुपमा बसेर गिट्टी कुट्न र ग्रामीण भेगका कुसेनि बासिलाइ बजारमा दूध बिक्रीवितरण गर्नमा समेत रोक लगाइएको वडा सदस्य बिष्णु रेग्मिले बताउनुभयो । आइतबार साबिकका वडाहरु ९ र ४ का २८ जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि पाल्पा पठाइएको जानकारी टोल संयोजक मीन बहादुर कुँवरले दिनुभएको छ ।