असौज १४
रुपन्देही
रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक जना संक्रमितको मृत्यु भएको छ ।
असोज ११ गते स्वास्थ्यमा समस्या भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएका देवदह ११ का ५५ वर्षीय पुरुषको पीसीआर पोजिटिभ देखिएपछि कोरोना अस्पतालको आईसीयूमा राखी उपचार भइरहेको थियो । उपचारकै क्रममा बिहान १० बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले बताए ।
मृतकको मिर्गौला र रगतमा खराबी रहेको थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २० पुगेको छ । अहिले अस्पतालको आईसीयूमा १६ र भेन्टिलेटरमा एक बिरामीको उपचार भइरहेको थापाले जनाए ।