असौज १४
गुल्मी जिल्लामा आज थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५६१जना पुगेको स्वास्थ्य कार्यलय गुल्मीका परिवार नियोजन सुपरभाइजर गोपाल ब. कार्कीले जानकारी दिनुभयो । संक्रमितहुनेहरुमा ५ जना रेसुङ्गा नगरपालिकाका र १ जना धुर्कोट गाउँपालिकाको रहेको कार्कीले बताउँनुभएको छ । उनीहरुको पिसिआर रिर्पोट रेसुङ्गा कोभिड प्रयोगशालामा परिक्षण भएको कार्कीको भनाई छ । हालसम्म जिल्लामा संक्रमितमध्ये ४५९ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ४ जनाको यसअघिनै मृत्यु भैसकेको छ ।