घनश्याम पौडेल
अर्घाखाँची/असोज १५
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १२ कोठिया मैदानको जोख्ले गैरा भन्ने ठाउँका पहिरो पिडित ५० घर, वडा नं। ११ को ढुंगेसराका ५ घर र शितगंगा नगरपालिकाको ठाडाका ५ घरधुरीलाई दैनिक उपयोगमा आउँने सामाग्रीहरुको वितरण गरिएको छ । असोज ६ गतेदेखी ९ गतेसम्म परेको अविरल वर्षा कारण क्षती भएका शितगंगाका ६० घरधुरीलाई बेलायत सरकार युकेडको सहयोगमा केयर नेपाल र लुम्बिनी सामाजिक विकास केन्द्र अर्घाखाँचीद्धारा ७ लाख ४८ हजार बराबरको खाद्यान्न सहितको सामाग्री वितरण गरेको लुम्बिनी सामाजिक विकास केन्द्रका सल्लाहकार इन्द्रमणि पौडेलले बताउँनुभयो । शितगंगा नगरपालिकाको वडा नं। ११ का ७ घरधुरीलाई प्रहरी चौकी धन्चौरा पत्थरकोटमा एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष कपिलचन्द्र आले, लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण पौडल, केयर नेपाल अर्घाखाँचीका प्रतिनिधी दिपेन्द्र पन्त, लुम्बिनी सामाजिक विकास केन्द्रका हरिप्रसाद पौडेल, लुसाविके कर्मचारी विमला आचार्य, सुरक्षाकर्मी लगाएतको उपस्थितीमा वितरण गरिएको हो । त्यस्तै जिल्लाको शितगंगा नगरपालिकाको वडा नं। १२ कोठिया मैदानको जोख्ले गैरा भन्ने ठाउँका पहिरो पिडित ५० घरधुरीलाई नगरप्रमुख सुर्यप्रसाद अधिकारी, उपप्रमुख टिका रेश्मी, सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल, वडा अध्यक्षद्धय बाबुराम गैरे, कमल पौडेलको उपस्थितीमा राहत वितरण गरिएको हो । पहिरोकै कारण विस्थापित भएका शितगंगा नगरपालिकाको ठाडाका ५ घरधुरीलाई वडा अध्यक्ष दामोदर अधिकारीको उपस्थितीमा राहत वितरण गरिएको छ ।