काठमाडौ / असोज १५
बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज देशका केही ठाउँमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै तथा अरु प्रदेशका एकरदुई ठाउँमा हल्का पानी पर्ने संभावना छ । अहिले देशभरिकै मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । निकै कमजोर अवस्थामा पुगेको मनसुन आज पश्चिम नेपालबाट बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम नेपालबाट मनसुन बाहिरिने मौसमविद्ले अनुमान गरेका हुन् ।देशभरिबाटै बाहिर हट्न भने अझै केही दिन लाग्नेछ ।