राम कृष्ण कडेल,
असोज १५/ गुल्मी
गुल्मिदरवार गाउपालिकाले विहिबार जेष्ठनागरिक दिवसको अवसर पारेर गाउपालिका भित्रका ५१ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण संगै सम्मान गरेको छ । ९० बर्ष पुगेका जेष्ठनागरिकहरुलाइ प्रत्यक वडाका स्वास्थ्य चौकिमा कार्यरत स्वास्थ्यकर्मिहरुले घरघरमै पुगेर स्वास्थ्य परिक्षण गर्नुका साथै बिहिवार गाउपालिकाका ७ वटै वाडका बिभिन्न टोलटोलमा औपचारिक कार्यक्रम गरि उनिहरुलाइ सम्मानसहित १र१ वटा एफ एम रेडियो प्रदान गरेको छ ।
जेष्ठनागरिकहरुलाइ दिवसको दिन स्मरण गराउदै परिवार का सदस्य रोजगारि तथा मेलापात मा जानुपर्ने बाध्यता हुने र बृद्दबृद्दा एक्लै घरमा टोलाएर बस्न नपरोस भन्ने उद्धेश्यले एफ एम रेडियो प्रदान गरिएको गाउपालिका अध्यक्ष अशोक कुमार थापाले बताउनु भयो । साथै यसै आर्थिक बर्षमा पुनः जेष्ठनागिकहरुलाइ जिवनयापनमा सहज गराउनको लागि केहि उपहार सहित सम्मान गर्ने कार्यक्रम भएको अध्यक्ष थापाले बताउनुभयो ।
कार्यक्रममा जेष्ठनागरिकहरुलाइ सम्मान गर्दै गाउपालिका उपाध्यक्ष मिना भण्डारिले जेष्ठनागरिकलाइ सम्झिदै आफुहरु दिवसको दिन जेष्ठनागरिकहरुको घरदैलोमा पुगेको बताउनुभयो । बिभिन्न वडाहरुमा जेष्ठनागिरकहरुलाइ सम्मान गर्दै प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जेष्ठनागरिक संग गाउपालिका भन्ने नितिलाइ साकार बनाउन जेष्ठनागरिक दिवसको अवसरमा यो कार्यक्रम गरिएको र आगामी दिनमा पनि उहाहरुलाइ लक्षित गरि थप कार्यक्रम संचालन गरिने बताउदै जेष्ठनागरिकहरुलाइ घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरेकोमा सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाइ धन्यवाद दिनुभएको थियो । स्वास्थ्य सस्थाहरुको बार्षिक समिक्षा कार्यक्रममा जेष्ठनागिरकहरुको स्वास्थ्य सेवालाइ मध्यनजर गर्दै प्रत्येक महिना ८४ बर्ष पुगेका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य सेवा प्रबाह गर्ने निर्णय गरिएको र तेसै अनुरुप ७ वटै वडाका ८४ बर्ष माथिका २०० भन्दा धेरै जेष्ठ्नागरिकको घरघरमै स्वास्थ्यकर्मि पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बताउनु भयो । सम्मान कार्यक्रममा बोल्दै अर्यालले गत महिनादेखि घरघरमै पुगेर स्वास्थ्यकर्मिहरुले जेष्ठनागरिकहरुलाइ स्वास्थ्य सेवा प्रबाह गरिरहेको र दिवसको अवसरमा सम्मान कार्यक्रम समेत आयोजना गरि एफ एम रेडियो उपलब्ध गराउदा कार्यक्रम झन प्रभावकारि हुने बिश्वास ब्यक्त गर्नुभयो ।