राधा पोख्रेल
गुल्मी /असोज १६- पाल्पाको रिब्दीकोट गाउपालीका र कृषि बिकास बैंक लिमिटेड पालुङमैनादी पाल्पाबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
रिब्दिकोट गाउपालीका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरि उत्पादन एवम रोजगारी अभिबृद्धि गर्न ,शिक्षित बेरोजगार युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न, बिदेशबाट फर्केका युवाहरुको बिदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता उपयोग गर्दै उनिहरुलाई स्वरोजगार बनाउन , महिला उद्यमशिल क्षमताको बिकास गर्न , दलित समुदायको परम्परागत सिप र पेशालाई आधुनिकिकरण एवम् प्रवर्धन गरि उद्यमशीलता बिकास गर्न ,बित्तिय पहँुच तथा साक्षरता बिस्तार गर्दै पाल्पाको रिब्दीकोट गाउपालीका र कृषि बिकास बैंक लिमिटेडको सहकार्यमा यस क्षेत्रको आर्थिक बिकासमा महत्वपुर्ण योगदान पुर्याउनु सम्झौता पत्रको मुख्य उद्धेश्य रहेको छ । बिभिन्न १३ वटा बुदाहरुमा गरिएको सम्झौतामा केहि थपघट गर्नुपरेमा आपसि समझदारीमा गरिने पनि जनाइएको छ । कृषि बिकास बैंक लिमिटेड पालुङ मैनादी पाल्पाको तर्फबाट शाखा प्रवन्धक राजाराम मल्लाह र गाउपालीकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । बैंकका लेखापाल लक्ष्मण रायमाझी र गाउपालीकाका लेखा अधिकृत मन्जु पन्थीलाई साक्षी राखि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।