गुल्मी असोज १६
गुल्मीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउपालीका वडा नम्बर १ रिडिका ७७ वर्षिय कोरोना संक्रमित पुरुषको काठमाण्डौको ग्राण्डी हस्पिटलमा मृत्यु भएको स्वास्थ्य कार्यलय गुल्मीका परिवार नियोजन सुपरभाइजर गोपाल बहादुर कार्कीले जानकारी दिनुभयो । उनि दिर्घ रोगि भएको पनि कार्कीले बताउनुभयो । यो सगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।