राजधनी यथावत कायम गर्न नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणको माग
असौज १९
बुटवल ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले षड्यन्त्रपूर्वक ढंगले प्रदेश नम्बर ५ को राजधानी नयाँ ठाउँमा सार्न खोजेको बताएका छन्।
प्रदेश नम्बर ५ सरकारको निर्णयपछि बुटवलबाट दाङमा स्थायी राजधानी सार्ने प्रस्ताव संसदमा दर्ता भएको छ।
राजधानी सार्ने प्रस्तावले बुटवल क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रनुपर्ने अवस्था सिर्जना हुनु दुस्खद पक्ष रहेको खाँणले बताएका हुन्।
‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दु:द पक्ष हो,’ खाँणले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
खाँणले बुटवललाई नै राजधनी यथावत कायम गर्न माग गरेका छन्।