गुल्मी
असोज २० – गुल्मीको मालीका गाउपालीकाको फुलबारी चोरकाटे अर्जै बोम नेटा सडक आयोजना अन्तर्गत फुलबारी चोरकाटे खण्डमा स्तरोन्नति कामको आज अनुगमन गरिएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरि, गाउपालीकाका इन्जिनियर बिनोद पाण्डे,कार्यपालीका सदस्य शेर बहादुर नेपाली लगायतको टोलीले उक्त सडकको अनुगमन गरेको हो । गत आर्थिक वर्ष २०७६ ७७ को माघ महिनाबाट स्तरोन्नतीको काम सुरु भएको थियो । गाउपालीकाले १ करोड बजेट छुट्याएर रन्जीत रन्जन कन्स्ट्रक्सन तम्घास र जोग्मा कन्स्ट्रक्सनलाई निर्माणको लागि जिम्मा दिएको थियो । ७६-७७ मा सक्ने भनिएता पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण ३ महिना म्याद थपिएको थियो । अहिले ९५ प्रतिशत काम सकिएको वडा अध्यक्ष गिरिले जानकारी दिनुभयो । अनुगमनपछि गुणस्तरिय काम गरि समयमा काम सक्न निर्देशन दिइएको उहाले बताउनुभएको छ ।