सडक ऐनाहरु हराउन थाले
गुल्मी
असौज २१
बढ्दो सवारी दुर्घटना कम गर्ने उदेश्यले सडक डिविजन कार्यालय पाल्पाले गुल्मीको रिडी तम्घास सडकमा सडक ऐना राख्यो । सडक ऐनाबाट दुवै तर्फका सवारीहरु विपरित दिशाबाट आएको सवारी सहजै देखिन्छ । जसको कारणले दुवै तर्फका सवारीहरुले आ–आफ्नो साइड मिलाएर ओभरट्याक गर्छन, वा सवारी रोक्छन् । जसले गर्दा दुर्घटना हुन पाउदैन । तर गुल्मीमा राखिएका सडक ऐनाहरु हराउन थालेका छन् । जसले गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।