असौज २१
चुरामणी तिमिल्सिना
रुरु क्षेत्र गाउँपालिका वाड न १ भट्कुवामा बाख्रा बितरण कार्यक्रम सम्पन्न भएको छ । पाहार पाखो सामुदायिक बन उपभोक्ता समितिले भट्कुवा सदस्यहरुलाइ जनही ३२०० का दरले ५ जनालाइ बाख्रा बितरण गरेको र थप ३ जनालाई आगामी बैठकमा बितरण गरिने बन उपभोक्ता समितिका अध्यक्ष हबलदार धन बहादुर बिकले जानकारी गराउनुभयो बितरण कार्यक्रमका प्रमुख अतिथी रुरु क्षेत्र गाउँपालिका वाड न १ का वाड सदस्य फर्सुराम ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो। पुर्ब उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर चन्द सन्चार कर्मि सुशील श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञवालीले टोल टोलको मुहार फेर्नका लागि यस्तै सामाजिक सस्था ,उपभोक्ता संघ , महिला समुहको भुमिका प्रमुख भएकाले यस्ता सामाजिक सस्थाहरु प्रतीउत्तर दायी हुन जोड दिनुभएको थियोे । अति बिपन्न वर्गका राम बहादुर बिक, लक्ष्मी ज्ञवाली ,मिना बिक बिष्णु ज्ञवाली कृष्ण बिक लाई बितरण गरिएको थियोे । बाख्रा पाउँदा आफुहरुमा खुसी छाएको र यसै बाट आफ्नो जिबनस्थर उकास्न ठूलो महत्त्व रहेको बताएका छन भने कार्यक्रमको सन्चालन समितिका सचीव गिरि प्रसाद ज्ञवालीले गर्नुभएको छ ।।