चुरामणी तिमिल्सिना
असौज २३ रुरु
गुल्मिको रुरु क्षेत्र गाउँपालिका वार्ड न २ का समाजसेबी ज्ञानहरि ज्ञवालीको शुक्रबार निधन भएको छ ।
समाजसेबी ज्ञवालीको सडक बिस्तार गर्ने क्रममा माथी बाट ढुङ्गा खसेर लग्दा निधन भएको हो ।
रतामाटा,जौखोला,बेसिकाचौर याडुङ हुँदै पुल्क्याम जाने बैकल्पिक सडक बिस्तार गर्ने क्रममा माथी बाट ढुङ्गा खसी टाउकोमा घम्भिर चोट लागेको र उपचारका लागि रुरु प्राथमिक स्वास्थ केन्द्रमा लेराउने क्रममा बाटोमै निधन भएको रुरु क्षेत्र गाउँ पालिका वार्ड न २ वार्ड अध्यक्ष घन्स्याम अर्यालले बताउनुभयो।
ग्वादी गाविसका तात्कालीन अध्यक्ष, गुल्मीको वामपन्थी आन्दोलनका अग्रज ज्ञवालीको निधन प्रति परराष्ट मन्त्री प्रदिप ज्ञवालले दुख ब्यक्त गर्नु भएको छ ।
६९ वार्षिय ज्ञानहरि ज्ञवालीका १ छोरा १ छोरि र १ श्रीमती हुनुहुन्छ ।