असौज २६
जिल्लाको इश्मा गाउँपालिका ४ दोहोलीका ६५ जना महिलाहरुलाई उपहार स्वरुप बाख्रा बितरण गरिएको छ ।
इश्मा गाउँपालिकाको ७५ प्रतिशत , हेफर परियोजनाको २५ प्रतिशत आर्थिक सहयोग रहेकोमा नबप्रभात युवा संघले कार्यक्रमको सहजीकरण गरेको छ ।
बख्रा बितरण कार्याक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बिष्टले महिलाहरुमा आयआर्जन बृद्धि गर्न र आत्मनिर्भर बन्नका लागि बाख्रा पालन कार्यक्रमको ठुलो महत्व रहने बताए ।
साथै सोही कार्यक्रममा बिष्टले इश्मा गाउँपालिकाकालाई मासुमा आत्म निर्भर बनाउने गरि गाउँपालिका लागेकाले सोही अनुसार ब्यबसायिक रुपमा बाख्रा पालनमा लाग्न उनले आग्रह गरे।
यस्तै सोही कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले महिलाहरु अब पहिले जस्तो चुलो चौकोमा मात्र सीमित नभई सम्रग गाउँपालिकाको नेतृत्व नै गर्न सक्ने गरि लाग्नु पर्नेमा जोड दिइन् ।
कृषि र पशुपालन मार्फत आर्थिक स्तर सुधार गर्न सकिने भएकाले सोही अनुसार नै ब्यबसायिक रुपमा कृषि र पशुपालन गरि आत्म निर्भर बन्न सकिने भन्दै महिलाहरु बाटै त्यो संभब रहेको उनले दाबी गरिन् । कार्यक्रममा हेफर परियोजनाका कर्मचारीहरु ,पत्रकार लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो । वडा अध्यक्ष गनुप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रमको संचालन ज्ञानबहाादुर महतराले गरेका थिए ।