गुल्मी
असोज २९ – एन्टीबडि चेकअपको लागि गुल्मीको मालिका ६ अर्जैमा औसत नमुना संकलनको काम सम्पन्न भएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालय , इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौबाट सत्यराज पौडेलको नेतृत्वमा आएको टोलीले अर्जैईमा १५ जनाको ब्लड संकलन गरेको छ ।
नेपालभरी ३१ सय ५० जनाको नमुना संकलन हुनेमा गुल्मी जिल्लाका २ वटा वडा छनौट भएका थिए । मालीका गाउपालीकाको वडा नम्ब र ६ अर्जैइ र छत्रकोट गाउपालीकाको वडा नम्बर ४ परेको थियो । रोग सगं लड्न सक्ने क्षमता कति छ भनेर ६ महिना भन्दा माथि उमेरका व्यक्तिको नमुना संकलन गरिएको हो ।
स्वास्थ तथा जनसंख्या मन्त्रालय , इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौबाट सत्यराज पौडेलको नेतृत्वमा आएको टोली र मालीका गाउपालीकामा गाउपालीका अध्यक्ष रित बहादुर थापा,स्वास्थ्य इन्चार्ज खिमराज पोख्रेल,स्वास्थ्य चौकीका प्रयोगशालाका कर्मचारीहरु स्वास्थ्यमा मापदण्ड पुरा गरि घरघरमै पुगेर नमुना संकलन गरि काठमाडौ पठाइएको गाउपालीका प्रबत्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरिले जानकारी दिनुभयो ।