चुरामणी तिमिल्सिना
३ कात्तिक
पाल्पा तानसेन नगर पालिका वडा नं १४ का स्व झपेन्द्रलाल पान्डेको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । रुरु धार्मिक सेवा सन्चार प्राली रिडिले रुरु एफ एम लगाएत विभिन्न मिडियामा पान्डेको समाचार प्रकाशन तथा प्रसारण गरेपछि सहयोग उठन थालेको समाजसेबि दिवाकर पान्डेले जानकारी दिनुभयो । सोमबार उहाँकै निवासमा मध्य प्रदेश भुपाल बाट कृष्ण पान्डेको नेतृत्वमा संकलन भएको १ लाख ४४ हजार रुपैयाँ एक कार्यक्रम का बीच उहाकि धर्म पत्नी तथा छोरा लाई प्रदान गरिएको कृष्णले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा पत्रकार स्थानिय बासी समाजसेवी सामाजिक अभियानता लगायतको सहभागिता रहेको थियो ।