कार्तिक १३
रुरु मल्ट्रिमिडिया प्रा.लि छत्रकोट गाउपालिका ४ श्रृङ्गा गुल्मीद्धारा संचालित रुरु एफ.एम ९४.८ मेगाहर्जले आफ्नो संचार यात्राको १२ बर्ष पुरा गरेको छ । भाषा, कला र संस्कृतिको प्रचार, गाउँ गाउँमा सुचना र संचार भन्ने नाराका साथ स्थापित रुरु एफ.एम, गुल्मी जिल्लासंगै छिमेकि जिल्लाहरु अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, प्युठान, रोल्पा, स्याङ्गजा, पर्वत, कपिलबस्तु, रुपन्देहीका भाग लगायतका करिव १५ भन्दा धेरै जिल्लाहरुमा सुन्न सकिन्छ । भने इन्टरनेट अनलाईनको धधध।चगचगाm।अयm।लउ मार्फत र मावाईल एप्लिकेशन हाम्रो पात्रो लगायतका माध्यमबाट संसारभर सुन्न सकिन्छ ।
२०६५ साल कात्तिक १३ गते लक्ष्मीपूजाको अबसर पारेर स्थापना भएको रेडियो १८ घण्टा प्रसारणमा रहेको रुरु एफ एमले विभिन्न समाचार मुलक, शिक्षामुलक, जनचेतनामुलक र विभिन्न साङ्गगितिक कार्यक्रमहरु प्रसारण र संचालन गर्दै आएको छ । १८ घण्टा निरन्तरको प्रसारण समाचार र कार्यक्रममा बिभिन्न बिषयबस्तुहरुलाई समेटेर तयार पारिने हुदा एफ.एमले पहिलो स्थान बनाउन सफल भएको छ । गुल्मीको सदरमुकाम भन्दा बाहिर ग्रामिण ठाउँबाट प्रसारणमा आए पनि एफ.एमले सबैको मन जित्न सफल भएको हो । एफ.एमले पहिलो बर्षदेखि नै सफलता हात पादै आएको छ । श्रोता, तथा बिज्ञापन दाताको पहिलो रोजाईमा परेको छ । प्रविधिको उच्चतम प्रयोगले रुरु एफ. एम गाउँका कुनाकन्दरामा पनि सजिलै सुन्न सकिन्छ ।
ग्रामिण ठाउँमा सुचनाको कुनै पंहुच नहुदाँ एफ.एमले आफ्नो प्रसारण सुरु गरेको थियो । आफ्नो १३ बर्षसम्मको यात्रामा पनि एफ. एम.को लोकप्रियता उत्तिकै रहेको छ । बालक देखि युवा र बृद्धबृद्धासम्मको लागी एम.एमले समाचार तथा कार्यक्रम तयार पार्ने गरेको छ । संचारको कुनै पनि पहुच नपुगेको स्थानमा समेत रुरु एफ.एम सजिलै सुन्न सकिन्छ । अहिलेको बिसंम परिस्थितिमा कोरोना संक्रमणबाट जोगिने उपाय, स्वास्थ्यमापदण्डका उपाय र बिद्यार्थीहरुको लागी रेडियो कक्षाहरु पनि रेडियो मार्फत प्रसारणमा छन । सबैले एम.एम मार्फत सजिलै सुन्न र भाषा बुझन सक्नेभएकाले पनि एफ.एम प्रिय बनेको हो ।
आफ्नो १३ औं बर्ष प्रवेशको अवसरमा रेडियो संचालन समितिका अध्यक्ष एवम रेडियोका व्यवस्थापक युवराज बस्यालले शुभकामना सन्देश व्यक्त गर्दै सम्पुर्ण श्रोता, विज्ञापन दाता, शुभचिन्तक, पत्रकार लगायत सम्पुर्णलाई साथ र सहयोगको लागी धन्यवाद ज्ञापन गर्दै आगामी यात्रामा पनि साथ र सहयोगको अपेक्षा गरेको बताउनुभएको छ । यस्तै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष तथा रेडियो गुल्मीका स्टेशन म्यानेजर नवराज भुसालले एफ.एमले सफलतापूर्वक १२ औँ बसन्त पार गरी १३ बर्ष प्रवेशको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । उहाँले रुरु एफ.एमले संचारको जगतमा खेलेको भुमिकाको प्रशंसा समेत गर्नुभयो । रेडियोले आफ्नो बार्षिक उत्सव एवम शुभ बिजया दशमी तथा दिपावलिको अवसरमा शुभकामना आदान प्रदान समेत गरेको छ ।
आफ्ना श्रोता, शुभचिन्तक, विज्ञापन दाता, श्रोता बिचमा शुभकामना आदान प्रदान एफ.एम कार्यक्रम मार्फत गरेको हो । रडियोले यस सुखद उपलक्ष्यमा हालको अवस्थासम्म ल्याई पुराउने पूर्व कर्मचारी, पूर्व सहकर्मी, सहकर्मी मित्र तथा सम्पूर्णमा शुभेच्छा प्रकट गरेको छ । यस्तै बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुले सामाजिक संजालको माध्यमबाट रुरु एफ.एमलाई बधाई तथा शुभकामना दिनुभएको छ ।