राधा पोख्रेल, गुल्मी
कात्र्तिक २८- गुल्मीको मालीका गाउपालीकामा शैक्षिक सुधारको निम्ती पहिलो चरणको दरबन्दी मिलान कार्यक्रम सम्पन्न भएको छ ।
गाउपालीकाका ५६ वटा बिद्यालयहरु मध्ये पहिलो चरणमा आवश्यक २६ वटा प्राथमिक तहमा दरबन्दी ,निम्न माध्यमिक बिद्यालयमा ९ वटा दरबन्दी, माध्यमिक तहमा १३ वटा सिर्जना गरिएको छ । जसमा संघिय सरकारबाट प्राप्त प्राबि तहको लागि १३ वटा दरवन्दी , आन्तरिक हिसावले १३ वटा दरबन्दी गरि ५६ वटा बिद्यालयमा आवश्यक दरबन्दी पुरा भएको छ । बिद्यार्थि संख्या,भुगोल र जातिगत बस्तीको आधारमा बनाइएको छ । यस्तै १६ वटा बिद्यालयहरुको कक्षा घटुवा भएको छ । बिद्यालय समायोजन गरि दरबन्दी मिलान गरिएको छ । दरबन्दी मिलानको निम्ती तथ्यांक संकलन तथा बिश्लेषणको लागि वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरिको संयोजकत्वमा शिक्षक महासंघको अध्यक्ष बालुराम अर्याल,शिक्षक संगठनका अध्यक्ष धनिश्वर अर्याल,लक्ष्मण अर्याल,शिक्षक संघको अध्यक्ष भोजराज अर्याल लगायतको प्राबिधिक टोली गठन भएको थियो ।
यसले गरेको सिफारिस बमोजिम गाउपालीकाले दरबन्दी मिलान गरेको हो । गाउ शिक्षा समिति अध्यक्ष तथा गाउपालीका अध्यक्ष रित बहादुर थापाको अध्यक्षता,गाउशिक्षा समितिका सम्पुर्ण पदाधिकारीहरु , शिक्षक संघ संघठनका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले सहजिकरण गर्नुभएको दरबन्दी मिलान कार्यक्रमको सन्चालन प्राबिधीक सहायक सुरज जिसिले गर्नुभएको वडा नम्बर ६ का वडाअध्यक्ष शोभाखर गिरिले जानकारी दिनुभयो । पहिलो चरणमा गरिएको दरबन्दी मिलानले शैक्षिक सुधारमा राम्रो काम गर्ने बिश्वास गरिएको छ । यो निरन्तर प्रक्रिया भएकाले आवश्यक परे दरबन्दी मिलान, बिद्यालय घटुवाको काम लाई निरन्तर रुपमा अगाडि बढाइने वडा अध्यक्ष गिरिले जानकारी दिनुभयो ।