गुल्मी
मंिसर ११ – अटिजम पाठशाला नेपाल गुल्मीको तेस्रो वार्षिक साधारण सभा तथा सातदिने परालको चप्पल बुन्ने तालिमको रिडि गुल्मीमा समापन गरिएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष अमृता कँडेलको अध्यक्षता, लुम्बिनी प्रदेशका प्रदेश सभा सांसद तथा बिशेषाधिकार समिति संयोजक कमलराज श्रेष्ठको प्रमुख आथित्यता,रुरुक्षेत्र गाउपालीकाका अध्यक्ष निलकण्ठ गौतमको बिशिष्ट आथित्यता रहेको थियो । जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तुलसीदेबि श्रेष्ठ ,रुरुक्षेत्र गाउपालीका उपाध्यक्ष लक्ष्मीदेबि पन्थ,प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरि, वडा नम्बर ४ का वडा अध्यक्ष फर्सुराम ज्ञवाली, ,तालिमका सहभागिहरु, अटिजम भएका बालबालीकाहरु तथा त्यससग सम्बन्धीत अभिभावकहरुको उपस्थिति रहेको थियो । दिपिका थापा र गोमा मरासिनिले प्रशिक्षण दिनुभएको तालिममा सहभागिको तर्फबाट रेणुका पन्थीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका बिशिष्ट अतिथि रुरु क्षेत्र गाउपालीकाका अध्यक्ष निलकण्ठ गौतमले गाउपालीकाको तर्फबाट अटिजम पाठशालालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । प्रमुख अतिथि प्रदेश सांसद कमलराज श्रेष्ठले अपांगता भएका हामी सबैका सन्तान भएकाले उनिहरुको सेवा र सहयोग गर्ने हामी सबैको कर्तव्य भएको बताउदै प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
रिता पौडेल, बिष्णु उपाध्याय र बिमला परियारको अटिजम सम्बन्धी अभिनयबाट सुरु गरिएको कार्यक्रमको सन्चालन बिष्णु प्रसाद भण्डारीले गर्नुभएको थियो ।