गुल्मी
मंिसर ११- गुल्मीको छत्रकोट गाउँपालिकामा राष्ट्रिय परिचय पत्र बितरणको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भोली देखि राष्ट्रिय परिचयपत्र बितरण गर्ने कार्यक्रमको पुर्व सन्द्यामा आज गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा ,गाउपालीका अध्यक्ष मधुकृष्ण पन्त, प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारी लगायतको उपस्थितिमा अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत उद्धव पन्थीले गर्नुभएको थियो । अन्तरक्रियामा राष्ट्रिय परिचयपत्र रुजु गर्ने शिक्षकहरुलाइृ राष्ट्रिय परिचयपत्रको बारेमा जानकारी गराइएको थियो । राष्ट्रिय परिचयपत्र बितरण कार्यक्रम पछिल्लो समय सात जिल्लामा सन्चालन भइरहेको छ । गुल्मीको धुर्कोट गाउपालीका , गुल्मी दरबार गाउपालीकापछि छत्रकोट गाउपालीकामा परिचयपत्र बितरण गर्न लागिएको हो । अन्तरक्रियाको अबसरमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले हेलचेक्राई नगरीकन इमान्दारीता पुर्वक जिम्मेबारी बोध गरि परिचय पत्र बितरणको फमहरु भर्ने लगायतका काममा अगाडि बढ्न उपस्थित सबैलाई अनुरोध गर्नुभएको थियो ।
गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तले राष्ट्रिय परिचयपत्र बितरण जस्तो कार्यक्रममा सहभागि हुन पाउनु गौरबको बिषय भएको बताउनुभएको थियो ।