सुरेश थापा
गु्ल्मी, मंसिर १५
गुल्मीको सत्यवती गाउँपालिका वडा नं। ६ जोहाङ्ग खैरेनीमा १५ शैयाको अस्पताल शिलन्यास गरिएको छ ।
लुम्विनी प्रदेश सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री सुदर्शन बरालले आज एक कार्यक्रमको बिच अस्पताल भवनको शिलन्यास गर्नुभएको हो । गाउँपालिका अध्यक्ष पारिश्वर ढकालको सभापतित्वमा संचालित कार्यक्रममा उपाध्यक्ष शुवर्ण शेर्चन शाही, प्रमुख प्रसासकीय अधिकृत झविश्वर रेग्मी, वडा नं। ६ का वडा अध्यक्ष विष्णु प्रसाद भण्डारी, ५ का ओम प्रकाश भण्डारी ३ का रुक बहादुर राना, २ का ददिराम कुवर कार्यपालिका सदस्यहरु, स्वास्थ्य कर्मी, सुरक्षाकर्मी, पत्रकार, पाटि प्रतिनिधि, समाजसेवि, जग्गादाता, स्वयम सेविका, लगायतको उपस्थिति रहेको थियो ।
शिलनयास कार्यक्रममा बोल्दै मन्त्रि बरालले ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल बनाएर जनतालाई उपचारको लागि टाढा जानुपर्ने समस्याबाट मुक्त बनाउने प्रदेश सरकारको उद्देश्य रहेको बताउनु भयो । सोहि अवसरमा मन्त्रि बरालले जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको एक्स्रे मेसिन र भिडियो एक्स्रे मेसीनको उद्घाटन समेत गर्नुभयो । कुल १८ करोड ६८ लाख २ हजार मा भवन सम्पन्न हुने र पहिलो किस्तामा ३ करोड २३ लाख ३० हजार आएको स्वास्थ्य शाखा प्रमुख साथै कार्यक्रम संचालक सूर्य बहादुर रानाले जानकारी दिनुभयो ।