मंसिर २९
गत साउन १६ गते पहिरोमा परी एकै घरका चारजनाले ज्यान गुमाएका परिवारलाई पाँच लाख रुपैयाँ राहत प्रदान गरिएको छ। रुरुक्षेत्र गाउँपालिका–५ आटीपाटाका बिना माझी र उनका छोराहरु सागर, हेमन्त र छोरी बिनिसाको पहिरोमा परी मृत्यु भएको थियो। मृतकका हकदार बिनाका श्रीमान राजु माझीलाई जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पाँच लाख रुपैयाँको चेक स्वरुप प्रदान गरेका छन्। राजु रोजगारीको क्रममा भारतमा रहेका थिए। राजुको आवास निर्माणका लागि सहयोग गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए।