मंसिर ३०
कोरोना संक्रमणका कारण गुल्मीमा थप एकजनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका–१ का ३६ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मंगलबार बिहान ७ः५० बजे मृत्यु भएको लुम्बिनी मेडिकल कलेजका सूचना अधिकारी प्रदीप खनाल जानकारी दिए।
मंसिर २५ मा उपचारका लागि अस्पताल गएका उनको मंसिर २६ मा कोरोना पोजेटिभ देखिएको थियो। आइसियुमा राखेर उपचार भइरहेको बेला उनको मृत्यु भएको हो। योसँगै गुल्मीमा कोरोना संकमणका कारण १३ जनाको मृत्यु भएको छ।