पौष १ ,
रुपन्देहीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदह की २३ वर्षीय सम्झना चाँइको आफ्नै घरको कोठामा आज करेन्ट लागेर आगलागी हुँदा मृत्यु भएको छ ।
करेन्ट लागेपछि आगलागीबाट दराजभित्रको कपडा, सुत्ने ओछ्यान लगायतका वस्तुहरू जलेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।