रामकृष्ण कडेल,
पौष १ ,गुल्मी
गुल्मीदरबार गाउँपालिकाले आ।व। ०७७र०७८ मा उपभोक्ता समिति मार्फत संचालन हुने २८५ वटा आयोजनाहरुलाई प्रभावकारी, गुणस्तरीय र तोकिएको समयमा संचालन गर्नको लागि जनताको सुविधालाई केन्द्रमा राखेर वडास्तरमा गई योजना सम्झौता र कार्यादेश दिने कार्यको शुरुवात गरेको छ ।
गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारीहरुलाई वडा वडामा गई उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, कार्य संचालन प्रकृया, सामाजिक परिक्षण लगायतका विषयमा प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो । विगतका वर्षहरुमा उपभोक्ता समिति मार्फत कार्यहरु सम्पन्न गर्दा उपभोक्ता समितिलाई पर्याप्त ज्ञानको अभाव र योजना कार्यान्वय र भुक्तानीको लागि के के कागजात आवश्यक पर्दछ भन्ने विषयमा आम उपभोक्ताहरुले आफूलाई मर्का परेको गुनासो गरेपछि गाउँपालिकाले उपभोक्ताहरुको कार्यमा सहजता र पारदर्शिता कायम गर्नको लागि उपभोक्ता समितिले समिति गठन देखि अन्तिम भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजातहरु समावेश गरिएको उपभोक्ता सहयोगि पुस्तिका ९आयोजना विवरण पुस्तिका० प्रकाशन गरि सबै वडा कार्यालय मार्फत उपभोक्ता समितिलाई उपलब्ध गराएको थियो । उक्त पुस्तिकाले उपभोक्ताको कार्यमा धेरै नै सहयोग र पारदर्शिता कायम गरेको साथै यसरी गाउँपालिकाको कर्मचारी समूह हाम्रो घर दैलोमा नै आई योजना सम्झौता सम्बन्धी कार्य गरिदिएकोमा उपभोक्ता समूहको आतेजाते रकम बच्नुका साथै थोरै समयमा नै काम सम्पन्न भई स्थानीय सरकारको अनुभूत गर्न पाएकोमा उपभोक्ता समितिका पदाधिकारीहरुले खुसी व्यक्त गर्नुभयो । गाउँपालिकाले जनताको सुविधालाई केन्द्रमा राखी विभिन्न रचनात्मक कार्यहरु संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनु भयो । गुल्मीदरबार गाउँपालिकाले सुशासन तथा सेवाप्रवाह, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारका क्षेत्रमा जनताले अनुभूत गर्ने किसिमले काम गर्न र भष्ट्राचार शून्य सहनशिलताको नीति अवलम्बन गर्दै कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले बताउनु भयो । गाउँपालिकाले यस भन्दा अगाडि पनि वडास्तरमा गई व्यवसाय दर्ता लगायतका विभिन्न कार्यहरु संचालन गरेको थियो ।