०८ पौष
पछिल्लो २४ घण्टामा ६ हजार पाँच सय ५९ पिसिआर परीक्षण गर्दा मुलुकभर थप ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिक विवरणमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले हालसम्म १८ लाख ९० हजार ७ सय ४० जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिएका छन्।
त्यस्तै, सक्रिय संक्रमित ७ हजार ५ सय १५ छन्। ९ सय ५२ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ लाख ४६ हजार ६ सय ६१ जना संक्रमणमुक्त भएका छन्।
कुल संक्रमित २ लाख ५५ हजार ९ सय ७९ जना छन्। बितेको २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेहरूको संख्या १८ सय ३ जना पुगेको छ। क्वारेन्टाइनमा चार सय ९ जना रहेका छन्।