८ पुस
चुरामणी तिमिल्सिना
गुल्मी ।
गुल्मी सत्यवति गाउँ पालिका वडा नं १अस्लेवाका सामाजिक अभियानता तथा जनता माध्यमिक बिधालय अस्लेवाका बिधालय व्यवस्थापन समितिका अध्यक्ष चिन्ता मणि पान्डेले दुई बिधालयलाइ ५० थानका दरले १०० थान कुर्ची प्रदान गर्नु भएको हो ।आफै राम माद्यामिक बिधालयको पुर्ब प्रधानाध्यापक र यता जनता माध्यमिक बिधालयको विशिष्ट चन्दादाता तथा समितिको अध्यक्ष पदमा रहेकोले बिधालय लाई जिन्सी सामाग्री प्रदान गरेको पान्डेले बताउनु भयो ।पान्डे यसै जनता माध्यमिक बिधालयमा पटक पटक गरि ४ पटक सम्म अध्यक्षमा रहदै काम गर्दै आउनु भयको छ । यता बिधालय लाई मात्र नभई राम मन्दिर रुद्रबेनी धाम पनि २ कोठे भबन निर्माण गरि समिति लाई जिम्मेवारी प्रदान गर्नु भएको छ ।यस्तै मानव सेवा आस्रम बुटवलमामा पनि थुप्रै सहयोग प्रदान गर्दै आएको बताउनु भयो ।यस बिधालयमा अबको समयमा आधुनिक प्राबिधिक कक्षा सन्चालन गर्न प्रदेशमा उहाँले खेलेको भुमिका चर्चा गर्दै प्रधानाध्यापक युगराज पान्डेले धन्यवाद व्यक्त गर्नु भयो। यता यसै बिधालयमा अध्यनरत अति बिपन्न, गरिब, असाय बर्गका बिधाथीको लागि बिधालयले कार्यक्रमको नामै उल्लेख गरि कैलाश बिकास बैंकमा समेत खाता सन्चालन गरेको र सहयोग आउने कार्यक्रम निरतर भैइरहेको कार्यक्रमका अभियानता तथा शिक्षक बिष्णु प्रसाद पान्डेले जानकारी दिनु भयो।पान्डेले यो अभियान बाट यस कोशमा २० लाख सम्म जोड्ने र यसै बाट बिपन्न परिवारका लागि कार्यक्रम अगाडी बडाउने बताउनु भएको रुरु बाट सहकर्मी ले समाचार पठाउनु भएको छ ।