अनिल खत्री
९ पुस, गुल्मी । जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा २० लाख वढि राजस्व संकलन भएको छ । पछिल्लो ५ महिनामा ट्राफिक प्रहरीले सवारी नियम उल्लङगन गरि चलाउने बिभिन्न सवारी साधनहरुमा गरिएको कारवाहीमा धेरै राजस्व संकलन गर्न सफल भएको हो ।
आर्थिक वर्ष २०७७÷०७८ को ५ महिनासम्मको अबधीमा जिल्ला ट्राफिककार्यालय गुल्मीले गरेको सवारी कारवाहीमा २० लाख ५७ हजार राजस्व संकलन भएको हो । यो अबधीमा ३ हजार ५० वटा सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेयले बताए ।
जस अनुसार साउन महिनामा ४५० वटा सवारी कारवाहीमा २ लाख ७२ हजार ५ सय राजस्वर संकलन भएको छ । त्यस्तै भदौ महिनामा ४५० वटा सवारी कारवाहीमा २ लाख ७९ हजार ९ सय राजस्वर संकलन भएको छ ।
असोज महिनामा ६ सय सवारी कारवाहीमा ४ लाख २३ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै काक्तिक महिनामा ७५० वटा सवारी कारवाहीमा ५ लाख १२ हजार राजस्व संकल भएको छ ।
मंसिर महिनामा ८ सय सवारी कारवाहीमा सबैभन्दा धेरै ५ लाख ७० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । दुर्घटना न्यूनिकरण गर्न दैनिक जसो सडकमा सञ्चालन हुने साना, ठुला सवारी साधनका चालक, सहचालक र यात्रुहरुलाई दुर्घटना न्यूनिकरण सम्बन्धी प्रर्शिक्षण गरेको जिल्ला ट्राफिक कार्याल्य गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक पाण्डेयले बताए ।
यसले सवारी दुर्घटना न्यूनिकरण गर्न मद्दत गर्ने प्रहरीको उदेश्य रहेको छ । जिल्ला सदरमुकाम तम्घासमा हुने सवारी चापलाई मध्य नजरराखेर बिभिन्न रुटमा सवारी चलाउने नियम बनाएको ट्राफिक प्रहरीले जनाएको छ ।
सदरमुकाम तम्घास भएर आवत जावत गर्ने टिपरहरुलाई उदिनढुंगाबाट धागिथुम हुँदै बाख्रेछेडा भएर आवत जावत गर्ने रुट बनाएर भिडभाड कम गर्ने काम गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । त्यस्का साथै मालवाहक सवारी साधनलाई लोड अनलोड गर्न लोड गर्न ुमय तोकिएको छ ।
बजार भित्र सामान अनलोड गर्न बेलुकी ४ बजेदेखि बिहान ९ बजेसम्म समय तोकिएको जिल्ला ट्राफिक कार्याल्य गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक पाण्डेयले बताउनु भयो । त्यस्तै लोड गर्न बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म समय तोकिएको छ ।
बजार भित्र सडक सानो रहेकाले पनि यसले बजार क्षेत्र भित्र हुने ट्राफिक जामलाई कम गर्ने काम गरेको पाण्डेयले बताए । ट्राफिक प्रहरीले जिल्लामा सवारी दुर्घटना न्यूनिकरण गर्नका बिद्यार्थीहरुलाई सचेतना कक्षा संचालन गर्नुका साथै सुरक्षित चालक बनाउनका लागि कक्षा संचालन, यातायात ब्यबसायीहरु, चालक तथा सहचालकहरुलाई निरन्तर सचेतना कक्षा गर्ने भएको छ ।