पौष १०
चुरामणी तिमिल्सिना
गुल्मि ।
रुरुक्षेत्र गाउँपालिका वडा नं २ ग्वादी गुल्मिमा औपचारिक कार्यक्रमका साथ ग्वादी स्वास्थ्यचौकि को बैधिक विधि सहित रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकन्ठ गौतमले सिलन्न्यास गर्नु भयो । नेपाल सरकारको मापदन्ड अनुसार निर्माण गर्न लागियको स्वास्थ्यचौकि को जिम्मा तम्घास स्थित कृष्ण कन्स्ट्रक्सन प्रालिले लियको हो । भबन सम्पन्न गर्न प्रालिले ९१ लाख ९२ हजार बराबरको लागतमा सम्पन् हुनेभएको छ । जस्को २०७८जेष्ठ ५ गते सम्पन्न गरि समितिलाई बुझाउने प्रालिका प्रमुख मोहन प्रसाद पान्डेले प्रतिबद्धता जनाउनु भयो स्वास्थ्यचौकि का उपाध्यक्ष देब्रेन्द्र मल्लले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा रुरु क्षेत्र गाउँ पालिका कि उपाध्यक्ष लक्ष्मी देबि पन्त प्रमुख प्रसासकिय अधिकृत चेतनाथ गिरि स्वास्थ साखा प्रमुख छत्र बहादुर अधिकारी कार्यक्रममा विशिष्ट अतिथि रहनु भएको । यस्तै वडा सदस्य भुबन बराल , रिता बराल, सोभराज रेगामी ,ग्वादी माबिका प्रधानाध्यापक चुरामणी बराल , जगा दाता हरि हर ज्ञवाली , विभिन्न पाटिका प्रतिनिधि , पत्रकार महिला समूह स्वास्थका कर्मचारी सामाजिक अभियान्ताहरुको सहभागीता रहेको थियो। कार्यक्रममा बोल्दै जगादता ज्ञवाली ले ५ रोपनी जगा आफ्ना स्व पिता नरिनारायण ज्ञवाली को सम्झना गर्दै स्वास्थ सेवा बनाउन आफुले प्रदान गरेको बताउनु भयो । कार्यक्रम मा बोल्दै प्रमुख अतिथी गौतमले स्वास्थ्य सेवा जस्तो भबन भनेकै समयमा सपन्न्न गर्न आग्रह गर्दै अबका केही बर्षमा स्वास्थका अधिकाम्स समस्या सजिलै सम्पन्न गर्न आफुहरु पालिकको सबैसिङ्गो टिम लागि परेको बताउनुभयो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्षता घनस्याम अर्यालको थियो भने सन्चालन स्वस्थ प्रमुख राजेस कुमारले गर्नु भएको थियो।