गुल्मी, पौष १०
गुल्मीमा यस वर्ष सुन्तला उत्पादन घटेको छ । सुन्तलाको उत्पादन घट्नाले सुन्तला बेचेर वर्ष गुजार्नुपर्ने अवस्थाका कृषकमा निराशा छाएको छ । कोरोनाको महामारीमा थलिएका कृषकलाई सुन्तला फल्ने र फुल्ने समयमा बढी वर्षाका कारण सुन्तलामा राम्रो फल नलागेपछि निराशा छाएको हो ।
गुल्मीका १२ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीयतहलाई सुन्तला उत्पादन हुने क्षेत्रको रुपमा लिइएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, छत्रकोट गाउँपालिका, चन्द्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र कालीगण्डकी गाउँपालिकालाई सुन्तला जातको फलफूल उत्पादन हुने क्षेत्रको रुपमा लिइएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गुल्मीले जनाएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिकामा ७३ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गरेको छ । जसमध्ये २१।१७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनशिल क्षेत्र रहेको छ । उक्त क्षेत्रफलमा २६८ंं।२२ मेट्रिक टन उत्पादन भएको छ । मुसिकोट नगरपालिका ५३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । उत्पादनशील क्षेत्रफल २९।६८ रहेको छ भने गत बर्ष ४२८।८८ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।
कालीगण्डकी गाउँपालिकामा ७३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । उत्पादन २१।१७ रहेको छ भने गत बर्ष २६८।२२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गुल्मीदरबार गाउँपालिकामा ९४ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । उत्पादनशील क्षेत्रफल २३।५० रहेको छ भने गत बर्ष ३४३।१० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । चन्द्रकोट गाउँपालिकामा ७३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । उत्पादनशील क्षेत्रफल ३४।३१ रहेको छ भने गत बर्ष ४७७।६० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।
छत्रकोट गाउँपालिकामा १२४ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । उत्पादनशील क्षेत्रफल ७३।१६ रहेको छ भने गत बर्ष १३००।५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।
धुर्कोट गाउँपालिकामा २७८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । उत्पादनशील क्षेत्रफल १२२।३२ रहेको छ भने गत बर्ष २४१७।०४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । मदाने गाउँपालिकामा ६१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । उत्पादनशील क्षेत्रफल १५।४९ रहेको छ भने गत बर्ष २६६।१५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।
तर, यसबर्ष अघिल्लो वर्षजस्तो सुन्तला नफलेको कृषकहरुले गुनासो गरेका छन् ।
सुन्तला कम फल्दा सुन्तला बेचेर वर्ष गुजार्नुपर्ने अवस्थाका कृषकहरु निनेपाल सरकार , कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले आर्थिक बर्ष ०७४÷०७५ मा मन्त्रीस्तरीय निर्णयबाट गुल्मी जिल्लामा सुन्तालाजात फलफूलको व्यवसायीकरणको लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत सुन्तला जोन स्थापना भएको हो । जिल्लामा सुन्तला जोन घोषणा भएतापनि बिगतका बर्षमा भन्दा यस तुलानात्मक रुपमा सुन्तलाको उत्पादन घटेको कृषकहरु बताउँछन् । सुन्तलाको उत्पादनपछि बजार पुराएर सुन्तलाबाट जीविकोपार्जन गर्दै आएका कृषकहरु यसपटक निराश बन्नुपर्ने अवस्था रहेको वडाको प्रतिक्रिया रहेको वडा अध्यक्ष थम्मन बहादुर केसिले बताए ।
सुन्तला जातको फलफूल यसवर्ष कम मात्रामा उत्पादन भएपनि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ गुल्मीले सुन्तलाको उत्पादनको बारेमा तथ्याङ्क जम्मा गरिरहेको छ । सुन्तलाको उत्पादन कम भएको अनुमान गरिएको छ । तर, कति कम फल्यो भन्ने बारे तथ्याङ्क आइसकेको ।
कृषि अधिकृत, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,सुमन खनाल ले बताए , सुन्तला नै आम्दानिको मुख्य श्रोत बनाएका कृषकलाई सुन्तलाले रामो्र उत्पादन नदिदा कृषकहरु मर्कमा परेका छन, कम फल्नाले सुन्तला बेचेर वर्ष गुजार्नुपर्ने अवस्थाका कृषकहरुमा निराशा छाएको छ । सुन्तलाको मात्रै भर परेर बस्नुपर्ने कृषकलाई स्थानीय सरकारले केही न केही राहातको व्यवस्था गर्नसकेको खण्डमा कृषकलाई राहात मिल्ने थियो कि ।