गुल्मी, पौष १०
संसद् विघटनविरुद्ध सर्वोच्च अदालतअगाडि प्रदर्शन गरिरहेका नेविसंघका नेता कार्यकर्ता पक्राउ परेका छन्। नेविसंघ नेता नवराज त्रिपाठीसहित पाँच नेता पक्राउ परेको नेविसंघका नेता मनीष सिम्खडाले जानकारी दिए।
उनका अनुसार त्रिपाठीसहित नेविसंघका नेताहरू कर्ण ओली, करुणा सागर सिग्देल,अर्बत खड्का र राकेश सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।