राधा पोख्रेल
गुल्मी पौष ११
गुल्मीको मालीका गाउपालीकाको आठौ गाउसभा सम्पन्न भएको छ । गाउपालीका अध्यक्ष रित बहादुर थापाको अध्यक्षतामा बसेको गाउसभाले चालु आर्थिक वर्षमा योजना सन्चालनका बिषयमा अहिलेसम्म भएका प्रगतिको समिक्षा गरेको छ । केहि योजनाहरुमा रकमान्तरको काम समेत भएको गाउपालीका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरिले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा भइरहेका कामहरु को समिक्षा ,आगामी दिनमा हुने कामहरुको बिषयमा पनि गाउसभामा छलफल भएको छ । निति कार्यक्रम प्रस्तुत गरिसकेपछि सबै सभा सदस्यहरुलाई अध्ययनको लागि दिइएको र यहि षौष २० गते छलफल राखिएको गाउपालीका प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले जानकारी दिनुभयो । उपयुक्त संसोधनहरु २० गते पारित गरिने समेत उहाले बताउनुभयो ।