पुस ११
रामकृस्ण कंडेल,वामीटक्सार
नेपाल कम्युनिस्ट पार्टी९नेकपा मुसिकोट नगरपालिका वडानं ७ को अगुवा कार्यकर्ता भेलाले नेकपाको नेतृत्व लाई रास्ट्रबादी,सम्बृध्दिको सपना बोकेको पार्टी नेतृत्व लाई सहयोग गरी अगाडि बढ्न सर्बसम्मत निर्देशन दिएको छ।
भेलामा उपस्थित सबै सहभागिहरूले ऐले नेकपा भित्र उत्पन्न पछिल्लो अबस्थाको बारेमा आफ्ना भनाई हरू राख्दै प्रधानमन्त्री के पी शर्मा ओली लाई ५ बर्ष सम्म काम गर्न नदिने साथै कुर्ची प्राप्तीका लागि खेलिएका घिन लाग्दा सबैखाले गतिबिधी हरूको भन्डाफोर गर्दै सबै नेता कार्यकर्ता हरू एक ढिक्का भई अगाडि बढ्ने निर्णय समेत गरिएको छ।
भेलामा बक्ता हरूले जनताहरूले स्थिरताको लागि मतदान गरेता पनि बिचमै पार्टीका स्वार्थी नेता हरू बाटै प्रधानमन्त्री के पी शर्मा ओली लाई अप्ठारोमा पार्नु निन्दनिय रहेको भनाई राख्नु भएको थियो।
भेलामा मुसिकोट नगरपालिका वडानं ७ वडा अध्यक्ष प्रकाश काफ्लेको बिशेष उपस्थिती रहेको थियो।यसै गरी भेलामा पार्टी ईन्चार्ज भुवन बहादुर के सी,पार्टी अध्यक्ष गोपीकृष्ण खरेल,पार्टी सचिब राजन सापकोटा,वडा सदस्यहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।