१२ पुस
राष्ट्रिय परीक्षा बोर्डले कोभिड १९ संक्रमणका कारण छुटेका विद्यार्थीहरुका लागि १६ पुसदेखि कक्षा १२ को पुनः परीक्षा गर्ने तालिका सार्वजनिक गरेको छ।
कोरोना संक्रमित भई सम्पुर्ण अथवा केही विषयको परीक्षा दिन छुटेका विद्यार्थीहरुका लागि बोर्डले समय तालिका सार्वजनिक गरेको हो। सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदन्ड र सामाजिक दूरीको पालना गरी सम्बन्धित विद्यालयमा नै परीक्षा हुने जनाइएको छ। परीक्षा आधा घण्टादेखि डेढ घण्टासम्मको मात्रै हुनेछ।
यसअघि कक्षा १२ को परीक्षा गत ९ देखि १६ मंसिरसम्म संचालन भएको थियो। परीक्षाफलमा ४० प्रतिशत अंकको लिखित, ४० प्रतिशत अंकभार कक्षा ११ को परीक्षाको जोडिने छ। त्यस्तै २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्याकनको आधारमा जोडिने छ।