चुरामणी तिमिल्सिना
पौष १५
पैचो पसल प्राली आज देखि ७ औ बर्षमा प्रवेश गरेको छ ।
६ बर्ष पूरा गरि ७ बर्षमा प्रवेश गरेको अबसरमा प्रालिले आफ्ना बिभिन्न साखा कार्यलयहरुमा विविध कार्यक्रम आयोजना गरेको हो । यस्तै रिडी गुल्मी पाल्पाको अर्गली, प्रसोधन केन्द्रको संयुक्त आयोजना औपचारिक कार्यक्रम गरि मनाएको हो। प्रालिले हषीकेश मन्दिर परिसर, बस्पार्क क्षेत्र ,आफ्नो कार्यलय परिसरमा सरसफाइ ,गायात्री गुरुकुलका २५ जना बटुकलाइ ट्याक्सुट, मानव कल्याण वृद्धा आस्रममा रहेका ३० जना लाई खाध्य सामाग्री बितरण गरेको पैचो पसल प्रालिका निर्देशक धुर्ब न्यौपानेले जानकारी दिनु भयो । कार्यक्रममा ३०० जना कर्मचारी मध्य दुर्गा ज्ञवाली यस बर्षको उत्कृष्ट कर्मचारी भइ सम्मानित हुनु भएको छ ।पैचोले यसै कार्यक्रममा ब्रान्चमा राम्रो काम गरेको भन्दै रिडी बाट आसा खासु अर्गली बाट पुस्पा रेग्मी प्रसोधन केन्द्र बाट सुरेस थापा सम्मानित गरेको हो । बर्ष दिन भरी पैचो पसललाई तरकारी जन्य सामाग्रीहरु उपलब्ध गराएबापत रिडी बाट फर्शु नेपाल ,राजन जबरा पाल्पा अर्गली बाट अर्जुन राना लगायतलाई सम्मान गरेको । रुरु क्षेत्र गाउँ पालिका वार्ड न १ का वडाअध्यक्ष रामलाल बिक कार्यक्रममा प्रमुख अतिथि रहनु भएको थियोे ।कार्यक्रममा बोल्दै प्रमुख अथिती बिकले प्रालिको नाम भएपनि जनता मुखी भएको, यो पसलले समग्र कृषकको हक हितमा काम गरिरएको समाजसेवामा निरन्तर लागि रहेको हुँदा आफ्नो तर्फबाट यश प्राली को बिस्तारामा निरन्तर लाग्ने प्रतिबद्धता जनाउदै सुभकामना दिनु भएको थियो , कार्यक्रममा सामाजसेबि रणबहादुर राणा, गुरु प्रसाद ज्ञवाली , जीवन कुमार कसजु सोभित थापा पत्रकार चुरामणी तिमिल्सिना महिला समूह सुरक्षा निकाय लगायतको सहभागीता रहेको थियो । प्रालिका उधोग प्रमुख रबि न्यौपानेले पैचो पसल प्रालिले गरेका कामको बिसयमा चर्चा गर्दै किसान तथा कर्मचारी बर्ग प्रती धन्यवाद प्रकट गर्नु भएको थियो। कार्यक्रममा पसल आसपासका परिवार, आमन्तृत अतिथि कर्मचारी बर्ग हरुलाइ मायाको चिनोको रुपमा आफ्नै उत्पादन पैचो अचार ,सस, जाम सिन्की लगायत बितरण गरिएको थियो। कार्यक्रम संन्चालन उत्पादन केन्द्रका प्रमुख प्रकाश थापाले गर्नु भएको थियो। यस्तै पैचोले आफ्ना विभिन्न साखामा फरक फरक कार्यक्रम गरि बार्षिउत्सब मनायको रुरु बाट सहकर्मी चुरामणी तिमिल्सिनाले समाचार पठाउनु भएको छ ।