पौष १५
कृष्ण अन्जान
समय फेरिए सँगै सभ्यता परम्परा सबै फेरिएको छ । पुर्खाले मान्दै आएका चाडपर्व हरु मात्रै अौपचारिकता मा मात्र सिमीत रहे ।
आज पुस पन्द्र कसैका बारीका डोरामा ढुँगाको चुलामा किटका कराइमा घिउ हालेको खाजा पाकेन । न घरकै वारिमा फलेका काउली हिँउँदे सेँबी र आफ्नै बारीमा फलेका आलु मिसाइएका तरकारि पाके । न नाति नातिना ले बारिका डोरामा खाजा खान्छम घिउ चामल दिनुस भनेर हजुर आमा सँग उफ्रे न आमा सँग बारिको तरकारि टिपेर ल्याइदिनुस भने ।
कुनै जमाना थियो पुस पन्द्रमा नाति नातिना र छोरा छोरीले खाजा खान खोज्छन भनेर हजुर बा हजुर आमा र बा आमाले चौँठेमा घिउ सँगालेर राख्थे ।आफ्नै खेतमा फलेका धान कुटेर केलाएका चामल सबै जोहो हुन्थ्यो केटा केटि पनि पुस पन्द्रमा खाजा खाने भनेर रमाउँथे र दिन पर्खेर वस्थे ।
दिउस बारीको डोरामा ढुँगाको सानो अँगेनामा कसैले किटको कराइमा त कसैले पित्तलको ताउलीमा घरैको घिउ तताएर भिजाएका चामल झ्वाइँय पारेर खाजा वसालिन्थ्यो ।बाटो हिँड्ने हरुको नाकमा पनि बारीको डोराबाट आएको खाजाको वास्ना ठोक्किन्थ्यो । आलु काउली र हिउँदे सेँबिको छिपछिपे झोल सँग कम त स्वादिलो हुन्थ्यो पुस पन्द्रको खाजा ।कति रमाउँथे केटाकेटी
पुस पन्द्रमा खाएको खाजा अब त सम्झना मात्र बन्यो पुरानो सँस्कृति लोप भयो रुरुक्षेत्र ३ का शिक्षक विष्णू ज्ञवालीले भन्नु भयो ।हामिले त सम्झ्यौँ पुस पन्द्रलाइ तर नया पुस्तालाइ पुस पन्द्रको महत्त्व के थाहा ज्ञवालीले भन्नु भयो ।
मँसिरमा धान पराल दाइ सकिएपछि नयाँ चामलको न्वाइ खाने र न्वाइ पछि पुस पन्द्रमा त्यहि नयाँ चामलको खाजा खाने चलन पुर्खाले चलाएका हुन ।
वास्तवमै यो घरका मिलेर खाने पारिवारिक मिनी पिकनिक हो र जस्लाइ पुर्खाले खाजा खाने भन्थे रुरु ३ का समाजसेवि कृष्ण राज ज्ञवालीको भनाइ छ ।
पुस पन्द्र मा घरघरमा पनि खाजा खाने छोरी ज्वाइँ भान्जा भान्जी लाई बोलाएर खुवाउने चलन थियो तर आधुनिकताले सबै परम्परा लाई लोप गराइ दिँदा पुस पन्द्र त झन नया पुस्ताले सम्झने कुरै भएन समाजसेवी ज्ञवालीको भनाइ छ ।
सामाजिक सन्जालमा पुस पन्द्रको शुभकामना दिँइदै गर्दा पुस पन्द्रमा के गर्छन नि भन्दै छोराछारीले बाबू आमालाइ सोध्छन यो हो अहिलेको सँस्कृति ।
अवस्य पनि समय फेरिएको छ रहन सहन सँस्कृति फेरिएको छ सोँचाइ फेरिएको छ तर पृथ्वी उहीँ छ पुराना रितीरिवाज सँस्कृति पनि उहीँ छन तर पुर्खाले स्थापित गरिदएका विरासत हामीले धान्न नसकेर कथित आधुनिक सभ्यताको धाक अलापि रहेको छ ।