पौष १५
गुल्मीको गुल्मीदरबार गाउँपालिकामा पोषण समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न भएको छ ।
२ दिन सम्म सन्चालित यस गोष्ठी स्तनपान, थप आहार, तौल अनुगमन लगायतका बिषयमा छलफल गरिएको थियो भने सबै स्वास्थ्य सस्थाबाट आ आफ्नो सस्थाको बिगत ३ बर्षको पोषणका सुचकहरुको प्रगतिमा तुलनात्मक बिष्लेषण गरिएको थियो ।
आगामी समयमा सन्चालन हुने पोषण कार्यक्रमको कार्ययोजना समेत गोष्ठीमा तय गरिएको थियो ।
२ दिन सम्म सन्चालित गोष्ठीको समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको अध्यक्षता , गाउपालीका अध्यक्ष अशोक कुमार थापाको प्रमुख आथित्यता , उपाध्यक्ष मिना भण्डारीको बिशिष्ट आथित्यता रहेको थियो । कार्यक्रममा सहभागिलाई स्वास्थ्य शाखामा कार्यरत स्टाफ नर्स एलिना खड्काले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखाका अधिकृत नारायण प्रसाद अर्यालले गर्नुभएको थियो ।