पौष १६
कृष्ण अन्जान
रुरु
रुरुक्षेत्र गाउँ पालिका वडा न १ च्युरेकमा रहेको झ्वाँले पाखो माथि रहेको निजि खरवारिमा आगो लागेको छ ।
काट्न ठिक्कपारेको खर नोक्सान मात्र भएको छैन आगो फैलिए पछि गाउँमा आगो आउने डरले च्युरेक वासि त्रसित छन ।
आगो अझै नियन्त्रण बाहिर छ र च्युरेक ठुला पोखरा क्षेत्रका दुर्गा पौडेल कृष्ण क्षेत्री लक्ष्मि क्षेत्रि लगाएत आधा दर्जन स्थानिय वासिन्दा को खर जलेर नष्ट भएको दुर्गा पौडेलले जानकारि दिनु भयो ।
निजि खरवारिमा खर काट्ने सिजन भएको र केहिले खर काटेको केही काट्न बाँकी रहेकाले आगो फैलिन सजिलो भएको छ ।
यो जँगल नजिक बसोबास क्षेत्रपनि रहेको र आगो फैलिँदै जाँदा गाउँतिर पनि आउन सक्ने देखिएको छ ।
मुख्यतया च्यूरेक क्षेत्रका वासिन्दा को खरबारि गाउँ देखि दक्षिण तर्फ रहेकाले यो आगोले हजारौं रोपनि क्षेत्रमा रहेको खरवारि नोक्सान गर्ने र जँगल क्षेत्रमा आगो फैलिए सल्लाघारी मा आगो आए पछि नियन्त्रण मा सकस हुने देखिएको छ ।
स्थानिय ले प्रहरीलाई खवर गरेको जनाएका छन ।
आगो विहान देखि लागे पनि नियन्त्रण बाहिर रहेको छ ।