२०७७ पौष १७
अर्घाखाँची।
बुधबार गोरुसिन्ङे नजिकै तौलिहवा जाने चोकमा भएको मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका सितगंगा नगरपालिका वडा नं । ०९ का बम बहादुर बिक को आज बिहान ५ :३० बजे तिर उपचारका क्रममा निधन भएको भैरहवा मेडिकल कलेजले जानकारी दिएको छ ।
पुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ७३०७ नम्बरको टिप्परले बिपरित दिशाबाट आउदै गरेको लु ५ प ९६३१ नम्बरको मोटरसाइकललाई कपिलवस्तुको गोरूसिङगे नजिकै तौलिहवा जाने चोकमा बुधबार साँझ ठक्कर दिदा निजकी श्रीमती अन्दाजी २४ बर्षिया निशा बिकको घटना स्थल मै मृुत्यु भएको थियो ।
मोटरसाइकल चालक बम बहादुर बिकलाई बुटवल बाट भैरहवा रिफर गरिएको थियो । बम नेपाल प्रहरी जवान बुटवल बाट कार्यरत थिए