पुष १७
बुटवल । रुपन्देहीको तिलोत्तमा ट्रकले स्कुटरलाई ठक्कर दिदा २ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमाको नयाँमा मिल नजिक भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले लु २० प ३७५२ नम्बरको स्कुटीलाइ ठक्कर दिँदा स्कुटीमा सवार दुई जना गम्भीर घाइते भएका हुन् ।
घाइते हुनेमा तिलोत्तमा(११ का रनबहादुर खड्का र उनकी धर्मपत्नी सावित्रा खड्का रहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ । उनीहरुको क्रिमशन अस्पतालमा उपचार भईरहेको छ ।