पौष २१
बुढेसकालमा बुबा–आमाको सहारा बन्नुपर्ने मेख बहादुर पेमी यतिबेला आफै जिवन–मरणको दोसाँधमा छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–१४ रातामाटाको गाउँमा टेकुवा बस्ती रहेको छ । तेहि रातामाटाको पुछार गाउँमा टेकुवा बस्तीमा रहेको छ पेमिको घर । उनी विगत एक वर्ष देखि शरिरमा अप्लास्टिक एनीमिया रगत उत्पादन नहुने रोगबाट ग्रसित छन् । शरीरलाई चाहिने रगत उनको आफ्नो शरिरले उत्पादन गर्दैन् । यसको उपचारका लागि धेरै रकम खर्च लाग्ने परिवारले धान्ने अवस्था छैन् ।
परिवारको झिनो आश छ त केवल सहयोगको । भर्खर २२ वर्षमा टेकेका पेमी देशको सेवामा आफुलाई समर्पित गर्ने सपना बोकेका थिए ।तर सपनाको संघारमा टेक्न नपाउँदै उनले यतिबेला जिवन रक्षाका लागि हार–गुहार गरिरहेका छन् । ‘मेरो घरमा बुढो भएको बुबा र आमा हुनुहुन्छ । एउटा सानो भाई छ । घरमा आम्दानी भनेको खेति मात्रै हो । आम्दानीको अरु स्रोत छैन् । म बाँच्न चाहान्छु । मलाई बचाँउनुहोस ।’ उनले भने ‘तपाईहरुको सहयोगको खाँचो छ । भर्खर त जिन्दगीको सुरुवात हुँदै छ मेरो । बुढो भएको आमाबाबालाई हेर्नु छ । भाईलाई पढाउनु छ । म माथि धेरै जिम्मेवारी छ । घरको आशा भनेको म हो ।’ उनले सहयोगका लागि देश तथा विदेशमा रहेका सम्पूर्णमा सहयागको याचना गरेका छन् ।
यतिबेला उनले सदरमुकामको तम्घास अस्पतालमा केही सहयोगीको सहयोगमा रगत चढाउँदै आएका छन् । तत्काल पेमीको वोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने डाक्टरले बताएका छन् । ट्रान्सप्लान्टका लागि कम्तिमा २५ देखि ३० लाख सम्म लाग्ने डक्टरले बताएको पेमिले बताएका छन । आफ्नै अगाडी जेठो सन्तान रोगबाट तड्पिरहेको देख्दा उनका ६२ वर्षिय बुवा चन्द्र बहादुर राना र ५१ वर्षिय आमा मुगा पेमीको मुहारमा अध्याँरो छाएको छ ।चन्द्र बहादुरले जिवनको लामो समय रोजगारका लागि भारतमा बिताउनु भयो । बुढेसकालमा छोराको आर्जन खाएर नाति, नातिनाहरुसँगै समय बिताउने रहर बुनेका चन्द्र बहादुरले ‘सास रहुन्जेल सम्म आश लाग्ने रहेछ । कसरी उपचार खर्च जुटाऔँ । भएको सबै पैसा सकियो । अब खर्च माग्ने ठाउँ समेत बन्द भएका छन् ।’ अब कसैले सहयोग गरे छोराको जिवन बच्ने उनको भनाई छ । सहयोगको लागि देश बिदेशमा रहेका सम्पूर्णमा पेमिले अपिल गर्नुभएको छ ।
पेमीले छोराको उपचारका लागि सदरमुकाम तम्घास देखि, पाल्पा, बुटवल, भरतपुर हुँदै भारतको गुजरातसम्म पुर्याए । रोग त पत्ता लाग्यो । तर उपचारका लागि पैसा भएन । अहिले आर्थिक अभावमा पेमी परिवार भौतारी रहेका छन् । सहयोगका लागि ९८४७००४६९० मा सम्पर्क गर्न सकिने छ । बैङ्क अफ काठमाण्डौँमा रहेको खाता नम्बर २०३७०००००१४८५२४ मा रकम संकलन गर्न सकिने परिवारले जनाएका छन् ।