पुस २४
सुचना समाचार धार्मिक प्रस्तुती खोज मुलक शिक्षा गतिविधि विध्यालयका भौतीक पुर्बधार लगायत निर्माणदिन सम्रचनाको विभिन्न रेडियो ,पत्रपत्रिका अन्लाईन तथा टिभिमा प्रसारण गरेको भन्दै जनता माध्यमिक विध्यालय सत्यवति गाउँपालिका वडा न १ अस्लेवा गुल्मीले यस बर्ष देखि उत्कट कृयासिल पत्रकार पुरस्कार प्रदान गर्ने कार्यक्रमको सप्रारंभ गरेको हो । विध्यालयको ५४औ बार्सिउतसब तथा अभिभावक दिबस समारोहको अवसरमा यश बर्षको उत्कट पत्र्कारिता पुरस्कार पाल्पा जिल्ला बनासकाली गाउँपलिका वाड न ९चापपानीमा जन्मभइ हाल गुल्मी तथा पाल्पामा विभिन्न मिडियामा काम गर्ने तथा रुरु धार्मिक सेवा सन्चार प्रालिका अध्यक्ष पत्रकार चुरामणी तिमिल्सिनालाई सम्मान प्रदान गरिएको हो । सम्मान गह्रण गर्दै पत्रकार तिमिल्सिनाले आफुलाइ भब्य कार्यक्रमका साथ सम्मान गरेकोमा धन्यवाद दिदै आफ्ना काममा विध्यालयले थप उर्जा प्राप्त हुने बताउनुभयो। तिमिल्सिना पत्रकार मात्र नभइ नेपालका चार मध्य मध्य एक धाममा ११ बर्ष देखि निरनर भगवान हसीकेशको मन्दिर परिसरमा रहेर विविध धार्मिक कार्यक्रम मात्र नभइ वृद्ध वृद्धा हरुलाइ दैनिक भोजनको अभियान अपांग असायका लागि विभिन्न दाताहरुको खोज गरि खाद्य सामाग्री लताकपडा दान दक्षिण बितण अभियानलाई अगाडी बडाउदै आउनु भएको छ ।