अर्घाखाँची, २५ पुस ।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र नम्बर १ ‘क’ मा भएको विरोध सभालाई किमडाँडामा सम्बोधन गर्दै नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य बालकृष्ण पाण्डेले ओली सरकार राजा ज्ञानेन्द्र भन्दा पनि बढी तानाशाहा हुन खोजेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानले राणा, पञ्चायत र राजतन्त्र समेत फालेको कांग्रेसले संविधान माथीनै कुठाराघात गर्ने कसैलाइ पनि बाकी नराख्ने बताए ।
नेपाली कांग्रेसकी लुम्विनी प्रदेश सांसद तथा सचेतक निर्मला क्षेत्रीले बर्तमान सरकार भ्रष्टाचारमा फसेको बताए । केन्द्रिय सरकार मात्र नभएर नेकपाका मन्त्री भएका प्रदेश सरकार पनि भ्रष्टाचार गरेर देशलाई खोक्रो बनाउने दिषमा अघि बढेको बताए ।
संबिधान भन्दा माथी कोही पनि नहुने भएकाले संबिधान माथी भएको हस्तक्षेपको कांग्रेसले बिरोध गरेको नेतृ निर्मला क्षेत्रीको भनाई रहेको छ ।
कार्यक्रममा जिल्ला सचिव विष्णु प्रसाद भुसाल, महाधीबेशन प्रतिनिधि लोकेन्द्र विश्वकर्मा, कृष्ण प्रसाद खनाल, सफर मिया, जिल्ला सदस्य तारा प्रसाद श्रेष्ठ, पिताम्बर खनाल, मणिराम परियार, सन्धिखर्क नगर सभापति विनोद आचार्य, ट्रेड युनियन कांग्रेसका लुम्विनी प्रदेश सचिव नन्दराम भट्टराई, जिल्ला आमन्त्रीत सदस्य हुम प्रसाद बन्जाडे, छत्रदेव २ का वडा अध्यक्ष राजेस पन्थी, सन्धिखर्क १२ का वडा सभापति लिलाधर बस्याल, नेपाल महिला संघका उपाध्यक्ष जानका बन्जडे लगायतले मन्तब्य राखे ।
कार्यक्रम नेपाली कांग्रेस प्रदेश निर्बाचन क्षेत्र नम्वर १ का सभापति केशवराज कुँवरको अध्यक्षता, उप सभापति कृष्ण वेल्वासेको स्वागत मन्तव्य र सचिव तारा फुल्लेलको सञ्चालनमा सम्पन्न भएको हो ।