२६ पुस ।
विश्वका ९ करोडभन्दा बढी जनसङ्ख्यामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा सङ्क्रमण पुष्टि भएसँगै विश्वभर कोरोना सङ्क्रमितको संख्या ९ करोड ७७ हजार नाघेको वर्ल्डोमिटरमा प्रकाशित अद्यावधिकमा उल्लेख छ ।
वर्ल्डोमिटरका अनुसार एक वर्षको अवधिमा कोरोना भाइरसको सङ्क्रमण विश्वका सबै महादेशका गरी दुई सय १८ देशमा फैलिएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये ६ करोड ४४ लाखभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् । यो कुल सङ्क्रमितको ७१ प्रतिशतभन्दा धेरै हो ।
संक्रमितको २.१४ प्रशितत अर्थात् १९ लाख ३४ हजारभन्दा धेरैले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
विश्वमा बाँकी रहेका दुई करोड ३६ लाखभन्दा धेरै सक्रिय सङ्क्रमितमध्ये एक लाख आठ हजारभन्दा धेरैको अवस्था गम्भीर रहेको छ ।