पौष २६ चुरामणि तिमिल्सिना
पाल्पको रिब्दिकोट गाउँपालिका वाड न १ ख्याहा निवासी ४८ बर्सिय बुद्धि प्रसाद पाण्डेको पौष १५गते क्यान्सर रोगबाट निधन भएको हो। आर्थिक अभाव सङै कमजोर परिवार भएको पाण्डे परिवारलाई दुबै बाट रु ५० हजार ५१ रुपैया उपलब्ध गराइयको रकम सन्कलक नेत्री सबिता न्यौपानेले बताउनु भयो ।बुद्धि लामो समय क्यान्सर रोगले पिडित रहेको र उपचार गर्दा आर्थिक अभाब भएको खबर सुनेर आफू हरुले बिदेश बाट खाजा खर्च कटाइ थोरै भयपनि सहयोग जुटायर पिडित परिवारलाई पठायको शिव पान्डेले बताउनु भयो । यस्तै दुबैमा कार्यरत हेमन्त रमा पन्थले पनि हामिले जुटायको रकम रुरु धार्मिक सेवा सन्चार प्राली मार्फत वाड अध्यक्ष बिष्णु गैरे रामजी प्रसाद भट्टराई , पर्सुराम भट्टराई र रामचन्द पाण्डे लगायतको उपस्थितमा मृतक का दाइ कृष्ण श्रीमती खिम कला र छोरा मेघराजलाइ यो रकम हस्तान्तरण गरिएको बताउनु भयो । रकम हस्तान्तरण गर्दै अध्यक्ष वाड अध्यक्ष बिष्णु गैरेले वैदेशिक रोजगारमा गएका नेपाली दाजु भाइ दिदी बैनिहरुले यस्ता दुखका काममा मलाम पट्टी लगाउन सहयोग गरेको र यो रकम काज कृयामै खर्च गरिदिने प्रतिबद्धता जनाउन।