पौष २६
कृष्ण अन्जान
रुरु
सामुदायिक विध्यालयको शैक्षिक सुधार यतिबेला अती अवस्यक छ ।
रुरुक्षेत्रका अधिकाँश विध्यालय भौतिक पुर्वाधारले सुसज्जित छन तर गुणस्तर भने न्यून छ ।
पछिल्ला धेरै वर्ष हरुमा रुरुक्षेत्रका धेरै जसो विध्यालय हरुबाट राष्ट्रिय महत्त्व राख्ने विध्यार्थि ऊत्पादन भएका छैनन ।
परम्परावादि पढाइ शैलि र नया पाठ्यक्रममा उमेर ढल्केका शिक्षक हरुको खाए खा नखाए घिचको रुपमा विध्यार्थिलाइ पढाउने तरिकाले पनि मुख्यतया ग्रामीण क्षेत्रका विध्यालय हरुको शैक्षिक गुणस्तर दयनिय रहेको छ ।
यसेै परिवेशलाइ मध्यनजर गर्दै रुरुक्षेत्र गाउँ पालिका वडा न ३ को सागरपोखरि मा रहेको प्रतिभा प्राथमिक विध्यालयका पुर्व विध्यार्थी हरुको समुहले विधालयको शिक्षा कसरी गुणस्तर बनाउन सकिन्छ भनेर अभियान शुरु गरेका छन ।
विध्यालयको गुणस्तर सुधार अभियानका अभियन्ता कृष्ण प्रसाद गौतमले सबै भन्दा पहिले शैक्षिक शैलि सुधार को कार्यलाइ प्राथमिकता दिनु पर्ने बताउनु भयो ।
शिक्षा परम्परावादि होइन शिक्षालाइ परिस्कृत र समय सापेक्ष हुनु पर्ने र यसका लागि प्रतिभा प्रावि का सबै पुर्व विध्यार्थिलाइ सहयोगको लागि हामिले आग्रह गरेका छौँ गौतमको भनाइ छ ।
यो विध्यालयमा यतिवेला ९५ प्रतिशत दलित समुदायका विध्यार्थिले अध्ययन गर्छन ।मुख्य समस्य भनेको प्राथमिक विध्यालय उत्तिर्ण गरे पछि माथिल्लो कक्षा भर्ना नहुने पढाइ बिचैमा छाड्ने समस्या दलित समुदायका विध्यार्थिमा पाइएको छ ।
राज्यले छात्रवृत्ति पोशाक र दिवा खाजा झोला कापी कितावको व्यवस्था गरेको छ तर दलित विध्यार्थिले विचैमा पढाइ छोड्ने गरेको चिन्ताको विषय भएको र यसका लागि अभिभावकलाई उत्प्रेरित गर्नु पर्ने नेपाल अभिभावक सँघ गुल्मीका अध्यक्ष कृष्ण राज ज्ञवालीको सुझाव छ ।
विध्यालय को शैक्षिक सुधारका लागि मन्टेश्वरि र बोर्डिँग स्कुलको झल्को दिने गरि शैक्षिक सुधार को तयारी पहिलो चरणमा प्रतिभा प्रथमिक विध्यालय रुरु क्षेत्र ३ सागरपोखरी बाट शुरु गर्न देश विदेशमा रहरका यश विधालयका हजारौं पुर्व विध्यार्थि हरुलाइ सहयोगका लागि आह्वान गरिएको शैक्षिक अभियन्ता कृष्ण प्रासाद गौतम जानकारी दिनु भएको छ ।