पौष २८
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । गत २४ घण्टामा ४३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार ४०८ जना सक्रिय संक्रमित छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार प्रदेश १ को झापाका ६, मोरङका ५, संखुवासभाका एकजना र सुनसरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रदेश २ को बाराका एकजना,रौतहटका एकजना र सप्तरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बागमती प्रदेशको काठमाडौंमा २२१ जनामा कोरोना संक्रमण देखिएको छ । चितवनका १२, दोलखाका एकजना, धादिङका ३, नुवाकोटका ४, भक्तपुरका ९ मकवानपुरका २, रामेछापका २,ललितपुरका २९, सिन्धुपाल्चोकका ३ र सिन्धुलीका एकजनामा कोरोना संक्रमण भेटिएको छ ।
गण्डकी प्रदेशको कास्कीका ७, गोरखाका एक, तनहुँका २,नवलपरासी पूर्वका ४, पर्वतका एकजना, लमजुङका एकजना र अर्घाखाँचीका २ जनामा कोरोना संक्रमण भेटिएको छ ।
लुम्बिनी प्रदेशको कपिलवस्तुका ३, दाङका ८, नवलपरासीका २, पाल्पाका २, प्युठानका एक, बर्दियाका १०, बाँकेका ५१, रुपन्देहीका १३ रोल्पाका २ र दैलेखका २ जनामा कोरोना संक्रमण देखिएको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा एकजनामा कोरोना संक्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा एकजना, कैलालीमा ६, डडेल्धुरामा एकजना र बझाङ ५ जनामा कोरोना संक्रमण देखिएको छ ।